+
+

नेपालमा बजार थप विस्तार गर्दै जेसीबी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १९:०३

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्रान्ड जेसीबीले आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्समार्फत नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने तयारी गरेको छ ।

नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केही एक्साभेटरका लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दै आएको छ ।

नेपाल भ्रमणका क्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक शेट्टीले दक्षिण एसियाली क्षेत्रमा नेपाल महत्वपूर्ण बजार भएको बताए ।

नेपालको नौलो पहिचान र स्थानका कारण ग्राहकका लागि सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएको उनले बताए ।

कम्पनीको आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत निरन्तर घनिष्ठ सम्बन्ध कायम राख्न सफल भएको उनले बताए ।

कम्पनीका अनुसार नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरु सञ्चालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स र टेलिह्यान्डलर्स प्रसिद्ध छन् ।

यी सम्पूर्ण उपकरणहरुका पार्टपुर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरू परिचालन गरी ग्राहकलाई सेवा सहायता प्रदान गरिने कम्पनीले जनाएको छ ।

जेसीबीका उपकरणमा जेसीबी लाईभलिंक नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ ।

नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा वृद्धिको बलियो अवसर रहेको र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर रहेको शेट्टीले बताए ।

एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले विश्वस्तरीय जेसीबीका उपकरणबाट ग्राहकलाई सहायता गर्ने बाहेक नेपाली युवा जनशक्तिलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताए ।

एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ ।

यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्म झन्डै ५ हजार चालकलाई तालिम प्रदान गरिसकेका कम्पनीले बताएको छ ।

एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?