+
+

बढ्न थाले धार्मिक पर्यटक, एक वर्षमा १ लाख ३२ हजार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:३०
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । नेपालमा कोभिड-१९ महामारीपछि सुस्ताएको धार्मिक पर्यटकको आगमन पुनः बढ्न थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२३ मा धार्मिक पर्यटनको प्रयोजनमा १ लाख ३२ हजार ९४९ जना पर्यटक आएका छन् । यो कोभिड महामारी सुरु भएयताकै धेरै हो ।

नेपालमा सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक आएका थिए । यसमध्ये धार्मिक प्रयोजनमा आउनेहरूको संख्या १३.१ प्रतिशत हो । सन् २०१९ मा धार्मिक यात्राका लागि १ लाख ७१ हजार ९३७ जना आएका थिए । सन् २०१८ मा धार्मिक प्रयोजनामा आउने १ लाख ६९ हजार १८० थिए ।

सन् २०२३ मा बिदा मनाउने प्रयोजनमा ६ लाख ३४ हजार ३०१ जना आएका थिए । यो कुल पर्यटक आगमनको तुलनामा ६२.५ प्रतिशत हो । पदयात्रा र पर्वतारोहणको सिलसिलामा १ लाख ५४ हजार २६२ जना आएका थिए । यो कुल आगमनको तुलनामा १५.२ प्रतिशत हो । यस वर्ष अन्य प्रयोजनमा ९३ हजार ३७० जना आएका छन् । यो ९.२ प्रतिशत हो ।

धार्मिक पर्यटकमध्ये पशुपतिनाथ मन्दिरमा यात्रा गर्ने पर्यटकको संख्या १ लाख १८ हजार ५३१ रहेको छ । यसमा भारतीय नागरिकको संख्या भने जोडिएको छैन । सन् २०२२ मा पशुपतिनाथ मन्दिर पुग्ने पर्यटक ५५ हजार २०४ जना मात्र थिए ।

सन् २०२३ मा लुम्बिनी भ्रमणमा २ लाख ६० हजार १० जना पर्यटक पुगेका छन् । सन् २०२२ मा २ लाख ३० हजार ८६३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनीमा भारतीयबाहेक तेस्रो मुलुकका पर्यटक भने ८५ हजार २३२ जना पुगेका छन् । गत वर्ष लुम्बिनी पुग्ने तेस्रो मुलुकका पर्यटकको संख्या २३ हजा ९४२ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?