+
+

मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गर्न एमाले-माओेवादीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १५:२०

६ वैशाख, विराटनगर । मुख्यमन्त्री  केदार कार्कीलाई निर्देशन दिनका लागि संकल्प प्रस्ताव पेश गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव पेश गर्दै उनले अल्पमतमा परेका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्नका लागि निर्देशन दिन संकल्प प्रस्ताव पेश गरेको बताए ।

‘अल्पमतमा परेपछि स्वभाविक रुपमा शासन गर्ने संवैधानिक अधिकार हुँदैन्, उनले भने, ‘मुख्यमन्त्रीले उपधारा ५ अनुसार गठन भएका कारण विश्वासको मत लिन्न राजीनामा दिन्न भन्नू भएको छ, १८८ ‘२’ अनुसार विश्वासको मत परीक्षण गर्नुपर्छ ।’

संसदीय प्रणालीको आधार र सिद्धान्त बहुमत गुमाएपछि अल्पतमा परेपछि प्रतिपक्ष बस्नु पर्ने बताउदै उनले संसदको सर्वोच्चलाई बुझेर अल्पमतमा परेका मुख्यमन्त्रीले  मार्ग प्रसस्त गर्नु पर्ने बताए ।

उनले विश्वासको मत परिक्षण गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीलाई प्रदेशसभाको विश्वास छ भन्ने एउटा आधार भए प्रस्तुत गर्न आग्रह गर्दै उनले धारा १८८ को २ अनुसार विश्वासको मत परीक्षण गर्न आग्रह गरे ।

संकल्प प्रस्तावका समर्थक नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बदलिएको परिस्थिति अनुसार अघि बढ्न मुख्यमन्त्रीलाई आग्रह गरे । लोकतन्त्रको व्याख्या गर्ने पार्टीको मुख्यमन्त्री भएका कारण मुख्यमन्त्रीले मार्ग प्रशस्त गरेर राजनीतिक उचाइ बढाउन आग्रह गरे ।

प्रदेशसभामा बहुमत प्रतिपक्ष रहेको बताउदै उनले संकल्प प्रस्ताव पारित हुनभन्दा अघि नै मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले भने, ‘बुझ्ककी छोराका  लागि धेरै व्‍याख्या गर्न पर्दैन, जुँगा चल्दा कुरा बुझ्छन्,’

संकल्प प्रस्तावसँगसँगै मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे । संविधान र लोकतन्त्रको मर्मलाई ध्यानमा राखेर संकल्प प्रस्तावको स्प्रिट अनुसार मार्ग प्रशस्त गर्न आग्रह गरे । संकल्प प्रस्तावका समर्थक एमाले सांसद किशोरचन्द्र दुलालले  अल्पमतमा परेपछि सरकारको नेतृत्वमा रहने नैतिक हैसियत नरहने बताए ।

अल्पमतमा रहेका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्नका लागि नै संकल्प प्रस्ताव दर्ता गरेको उनले बताए । संकल्प प्रस्तावमाथिको छलफल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?