+
+

राष्ट्रिय ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ११:५४

७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरको मेसु पद एघारौं तहको भए पनि बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

डा. यादव दशौं तहका हुन् । यसअघिका एघारौं तहका मेसु डा. बद्री रिजाललाई भने ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यही साता मन्त्री यादवले आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?