+
+

‘हीरामण्डी’ रिलिजमा ढिलाइबारे मनीषा कोइराला : ‘समयभन्दा गुणस्तरको आनन्द महत्वपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १८:१६

काठमाडौं । सञ्जयलीला भन्सालीको बिग बजेटको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : डायमण्ड बजार’ रिलिज हुन केही दिन मात्र बाँकी छ । भारतमा मात्र नभएर नेपाली दर्शकसामु समेत यसको पर्खाइ देखिन्छ ।

धेरै समय ढिला भएको यो श्रृंखला अन्ततः मे १ (वैशाख १९) गते आउँदैछ । यो श्रृंखलामा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री मनिषा कोइरालाले इण्डिया टुडेसँगको कुराकानीमा धेरै ढिलासुस्ती हुँदा पनि आफूलाई कुनै समस्या नभएको बताएकी छन् ।

सिरिजमा मलिका जानको चरित्र निर्वाह गरेकी मनिषाले भनिन्, ‘कलाकारको रूपमा हामी राम्रो स्क्रिप्टमा काम गर्न लालच गर्छौं । हामीलाई राम्रो भूमिका, स्क्रिप्ट र एक राम्रो फिल्म निर्माताको मूल्य थाहा छ । एक सुन्दर प्रोजेक्टबाट उत्पन्न हुने आनन्दको हिस्साको तुलनामा अधैर्यता निकै सानो हुन्छ ।’

उनले अगाडि भनिन्, ‘जब तपाईंलाई आफूसँग एक प्रतिबद्ध फिल्म निर्माता छ भन्ने थाहा हुन्छ, यसले कति समय लिन्छ भन्ने कुराले फरक पार्दैन । यसले दुई-चार वर्ष लिन्छ भन्ने कुराले तपाईंलाई फरक पार्दैन । तपाईंलाई यो कुरा थाहा छ कि जब यो बाहिर आउँछ, त्यसपछि त्यसले दिन आनन्दप्रति तपाईं गर्व गर्नुहुन्छ ।’

समयभन्दा गुणस्तरलाई प्राथमिकता राख्ने जीवन र करिअरको चरणमा आफू प्रवेश गरेको समेत उनले बताइन् ।

सञ्जयलीला भन्साली निर्देशित ‘हीरामण्डी’ भारतीय स्वतन्त्रता दिवसपूर्व सेट गरिएको यौनकर्मीबीचको प्रेम र विश्वासघातको कथा हो । फिल्ममा मनिषासहित सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख र शर्मिन सेगलको मुख्य भूमिका छ ।

यो श्रृंखला मल्लिकाजान र फरीदानबीच ‘हीरामण्डी’को उत्तराधिकारीको लापिग हुने शक्ति संघर्षको कथा हो, जहाँ यौनकर्मीहरु रानीको रुपमा शासन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?