+
+

कहिले आउँदैछ मनिषा कोइरालाको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १३:१९

काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को स्ट्रिमिङ मिति घोषणा भएको छ । भन्सालीको यो डिजिटल डेब्यु सिरिज मे १ (वैशाख १९) गते रिलिज हुने जनाइएको छ ।

मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको फिल्मले सन् १९४० को भारतीय स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा प्रेम, शक्ति र स्वतन्त्रताको कथा भन्छ ।

सिरिजमा मनिषासहित सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख र शर्मीन सहगल जस्ता कलाकार छन् । पोस्टर र गीतपछि प्रदर्शन मिति तय गरिएको छ ।

मुम्बईमा आयोजित कार्यक्रममा यो वेब–सिरिजको रिलिज मिति घोषणा गरिएको हो । यसको नाम र मितिलाई आकाशमा ड्रोनमार्फत लेखिएको थियो । उक्त रोमाञ्चक दृश्य हेर्न मनिषा, सोनाक्षी, ऋचा लगायत त्यहाँ उपस्थित थिए ।

हैदरीले अभिनेता सिद्धार्थसँग गोप्य विवाह गरेको खबर पनि आइरहेको छ । उनको विवाहको खबर यो वेब–सिरिजको घोषणा कार्यक्रममा गरिएको थियो । यसको खुलासा कार्यक्रम आयोजक सचिन आफैंले गरेका छन् ।

उनले स्टेजमा भने, ‘हामीलाई थाहा छ अदिती किन यहाँ छैनन् । उनीहरुले बुधबार विवाह गरेका छन् ।’ यो सुनेर बाँकी स्टार कास्ट हाँसेका थिए । यसको अर्थ यसबारे उनीहरुलाई पहिल्यै थाहा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?