+
+

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ गतेदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १९:०६

२३ वैशाख, काठमाडौं। डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ गते हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।

काठमाडौंको होटेल म्यारियटमा हुने कार्यक्रममा अन्तराष्ट्रिय विज्ञहरूसहित ५० भन्दा बढी विज्ञहरूले विभिन्न शत्रहरुमा वत्ताको रुपमा भाग लिनेछन् । कन्क्लेभमा ७ वटा थिममा रहेर १० भन्दा बढी शत्रहरू सञ्चालन हुनेछन्।उक्त शत्रमा अन्तराष्ट्रिय विज्ञहरुलेसमेत आफ्नो विशेष प्रस्तुती दिनेछन् ।

डिजिटल नेपालको लागि नविनतम् प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि अवसर दिइनेछ । कार्यक्रममा संघीय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरुसहित ६०० बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपुर्ण र प्रभावकारी बनाइने लम्सालले बताए ।

डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइट www.digitalconclave.org मार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?