+
+

अदालतकाे आदेशपछि ताला फुटाएर कार्यकक्षमा पुगे बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:३७

२० वैशाख, विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव  पर्शुराम बस्नेत (कृष्ण) ले कार्यालयकाे ताला फुटाएर कार्यभार सम्हालेका छन् ।

उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका उनले बन्द रहेको कार्यालयको ताला फोरेर पदभार ग्रहण गरेका हुन् ।

बिहीबार कार्यालयमा ताला लगाएर कर्मचारीहरु ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए ।

इटहरीमा ओलम्पियन्सहरुलाई स्वागत गर्दै वाकाथन (पैदल यात्रा)को उद्घाटन गरिएको थियो । ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले गरेका थिए । कार्यक्रमको समापन वैशाख २२ गते इलाममा हुनेछ ।

सूचना नै जारी गरेर बोर्डको कार्यालयमा ताला लगाउँदै उक्त कार्यक्रममा सहभागी हुन कर्मचारीहरु गएका थिए । बोर्डको कार्यालयबाट प्रवाह गरिने सेवा बिहीबार बन्द रहने जानकारीसहितको सूचना सदस्यसचिव हंशराज वाग्लेले जारी गरेका थिए ।

कार्यालय नै बन्द रहेको पाइएपछि कार्यभार सम्हाल्न पुगेका बस्नेत अलमलमा परेका थिए । त्यसपछि स्थानीय प्रशासन र महानगरपालिकाको वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?