+
+

सर्लाहीको विष्णुपुरमा भीषण आगलागी, दर्जनौं घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:५५

२० वैशाख, जनकपुरधाम । सर्लाहीको विष्णुपुर गाउँपालिका-१ बाराद्धोरण टोलमा भीषण आगलागी भएको को । दिउँसो ३ बजेबाट सुरु भएको आगलागीले दर्जनौं घर जलेर नष्ट भएको छ ।

चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कति घर जलेको भन्ने एकिन विवरण प्राप्त नभएको उनले बताए ।

बारा उद्धोरण टोलमा आगलागीले अहिलेसम्म सय घर बढी जलेको गाउँपालिका अध्यक्ष जवाहर यादवले जानकारी दिए ।

त्यहाँ अधिकांश पटेल परिवारको विपन्न वस्ती रहेको उनको भनाइ छ । गाउँपालिकाले बाँडेको ग्यास सिलिन्डर बिस्फोट हुँदा झन् आगो सल्केर वस्तीलाई चपेटामा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?