+
+

सुदूरपश्चिमका होटल व्यवसायी संगठित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १८:०५

२४ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका होटल व्यवसायी संगठित भएका छन् । होटल संघ नेपालले यस प्रदेशमा तदर्थ समिति गठन भएको जानकारी गराएको छ ।

धनगढीका होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर रहने गरी पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले हान पिन लगाएर जिम्मेवारी सुम्पिएका छन् ।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले संघको सातै प्रदेश र ७७ जिल्लामा उपस्थिति पुर्‍याइएको बताए । यस प्रदेशमा होटल उद्योग प्रवर्द्धन र विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँले यस प्रदेशमा होटल संघ नेपालको उपस्थितिले प्रदेशको पर्यटन विकास र विस्तारमा सघाउ पुग्ने बताए ।

पर्यटन प्रवर्द्धनमा अगाडि बढ्दै गएको सुदूरपश्चिम प्रदेश केन्द्रीय होटल संघको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यस प्रदेशको पहिचान रहे समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?