+
+

चेपाङ विद्यार्थीलाई गाउँपालिकाले दियो अध्ययन खर्च     

रासस रासस
२०८१ जेठ १४ गते ८:५८

१४ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले २ जना चेपाङ विद्यार्थीलाई अध्ययन खर्च उपलब्ध गराउन थालेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक ५ हजार रुपैयाँका दरले अध्ययन खर्च दिएको हो ।

स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक ५ हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो ।

अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मंसिरदेखि असारसम्म ८ महिनाको ४० हजार रुपैयाँ तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म ३ महिनाको १५ हजारको चेक हस्तान्तरण गरिएको हो । शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक ५ हजार रुपैयाँका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ । १४ कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका हुन् ।

१५ जनाको मासिक ५ हजारका दरले १० महिनाको एक लाख ५० हजार रुपैयाँ शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । सो रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?