+
+

पाइलटलाई धन्यवाद दिंदै शान्तिश्री लेख्छिन्- हामी सबैले ७५ प्रतिशत जिन्दगी छाडेका थियौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते ११:५३

काठमाडौं । सोमबार बेलुका चलेको बेतोडको हावाहुरीले जनजीवन प्रभावित बन्यो । आवतजावत मात्र होइन, काठमाडौं विमानस्थलबाट हुने उडान प्रभावित बने ।

उड्ने तयारीमा रहेका आन्तरिक र बाह्य विमानलाई होल्डमा राखियो । अवतरण तयारीमा रहेका विमानले आकाशमै चक्कर काटे भने कतिपयलाई अन्यत्र डाइभर्ट गरियो ।

काठमाडौंबाट भैरहवातर्फ उडेको यति एयरलाइन्सको विमान पनि मौसमको खराबीले प्रभावित हुने एक जहाज थियो । यो विमान तीव्र गतिको हुरीले गन्तव्यमा पुग्न सकेन । पाइलटले जनकपुर विमानस्थलमा आकस्मिक अवतरण गराए ।

यो जहाजमा थिइन् गायिका शान्तिश्री परियार पनि । सो विमानका अन्य यात्रुले जस्तै शान्तिश्रीले पनि आफ्नो डरलाग्दो अनुभव सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

विमान चालक लबिस चन्दलाई नमस्कार गर्दैगर्दाको फोटो सेयर गर्दै उनी लेख्छिन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौं । हजुरले आफ्नो प्रयास जारी राख्नुभयो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो । तर सबैलाई नयाँ जीवन त दिनुभयो नि ।’

शान्तिश्रीले आफ्नो उडान रुट उल्लेख नगरेपनि उनी काठमाडौंदेखि भैरहवाको विमानमा उडेको तर जनकपुरमा अवतरण भएको यति एयरलाइन्सको वेबसाइटबाट थाहा पाउन सकिन्छ । उनले जस्तै उक्त विमानका अन्य यात्रुले पनि उक्त क्षणबारे उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?