+
+

बाटो खनेको १८ वर्षपछि दरबाङमा कालोपत्रे

रासस रासस
२०८१ वैशाख २७ गते ९:२१

२७ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरबाङ सडकमा जोडिने उपल्लो दरबाङ बजारको भित्री सडक कालोपत्र गरेको हो ।

उपल्लो दरबाङका बासिन्दा हीराबहादुर पुनले करिब २ दशकअघि खुलेको उपल्लो दरबाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए । ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो’, उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।’

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरबाङमा २०६३ मा स्थानीयबासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ एक सय घर छन् । उपल्लो दरबाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गत पुसमा ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले २५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए ।

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब ४ सय मिटर पक्की नाली निर्माण गरेको थियो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरबाङ जोड्ने सडक ढलान गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?