+
+

यामाहा नेपालको आकर्षक अफर : बाइक र स्कुटर खरिदमा १ लाखसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:५७

काठमाडौं । नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८१ सुरु लगत्तै कम्पनीले ग्राहकका लागि आकर्षक अफर घोषणा गरेको हो ।

१ वैशाखदेखि यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्राहकले धेरै फाइदाहरू पाउन सक्नेछन् ।

कम्पनीका अनुसार  यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद  छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुटले नेपालभरिका ग्राहकले यामाहा बाइक र स्कुटरलाई थप पहुँच योग्य बनाउने विश्वास कम्पनीको छ ।

विशेष नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ ।

ग्राहकहरूले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन् ।

यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

यो विशेष अफरहरूको फाइदा लिन आफूलाई पायक पर्ने यामाहा शोरुम जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?