+
+

‘मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ८:००

२८ वैशाख, काठमाडौं । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी छन् ।

सुवेदीले पोखरा लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ । तुरुन्तै पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिनुस्। पैसा क्यूआर कोडमार्फत् पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

सुवेदीले पैसा क्यूआर कोडमार्फत भुक्तानी गर्छु भने पनि पछि पैसा नपठाई ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

काठमाडौंबाट पक्राउ परेका सुवेदीलाई २ वटा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?