+
+

विराटनगर भन्सार क्षेत्र विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:१३

२८ वैशाख, काठमाडौं । विराटनगर भन्सार कार्यालयको क्षेत्र विस्तार गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल रेल्वेको स्वामित्वमा रहेको क्षेत्रलाई विराटनगर भन्सार कार्यालयको क्षेत्र कायम रहने गरी विस्तार गरिएको हो ।

रेल मार्फत हुने निकासी र पैठारीको प्रयोजनका लागि क्षेत्र विस्तार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । विस्तारसँग भन्सार क्षेत्रको चार किल्ला समेत तोकेको छ ।

अब पूर्वतर्फ दम्बादेवी जाने रोड भेडियारी १८ भित्रको क्षेत्र, पश्चिममा राजाजी ग्राम देउता मन्दिर जाने बाटोभित्रको क्षेत्र, उत्तरमा एकीकृत भन्सार जाँच चौकीको पर्खालभित्रको क्षेत्र र दक्षिणमा रेल्वे पिल्लर भेडियारी १८ भित्रको क्षेत्रलाई भन्सार कार्यालयका क्षेत्रको रुपमा तोकिएको छ ।

भन्सार क्षेत्रको बाटोका रुपमा मोरङको विराटनगरस्थित बुद्धनगरमा भारतबाट नेपाल प्रवेश गर्ने बिन्दुदेखि नेपाल भन्सार यार्डसम्मको रेल्वे ट्र्याकको बाटोलाई भन्सार क्षेत्रको बाटो तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?