+
+

मौसमविद्लाई मन्त्रीको प्रश्न : कम्तीमा २४ घण्टाको मौसम पूर्वानुमान मिलाउन के गर्नुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १७:२४

३१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले २४ घण्टाको मौसम पूर्वानुमान प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिएका छन् ।

सोमबार विभागले आयोजना गरेको कार्यक्रममा उनले कम्तीमा २४ घण्टाको मौसम पूर्वानुमान प्रभावकारी रुपले गर्न सक्ने हुनुपर्ने भन्दै त्यसका लागि के गर्नुपर्छ भनेर प्रश्न गरेका छन् ।

‘२४ घण्टाको बारेमा ढुक्क साथ बोल्न सक्ने के गर्दा हुन्छौं भन्ने कुराको एउटा लक्ष्य निर्धारण गरौं । त्यसको निम्ति हामीले के गर्नुपर्ला, हामीले पूरा गर्नुपर्ने त्यसका निम्ति शर्तहरु के होला ? त्यो टाइपको एउटा प्लानिङ विभागको तर्फबाट हुन सक्यो भने…’, उनले भने ।

उनले विभागले यसबारे योजना बनाएमा त्यस अनुसार सरकार, विश्वविद्यालय वा अरु निकायले आआफ्नो काम गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?