+
+

बैंकहरूको पूँजीकोष समस्या समाधान गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ११:३७

४ जेठ, काठमाडौं । प्राथमिक पूँजीकोषको चपेटामा रहेका बैंकहरूलाई राष्ट्र बैंकले पूँजी बढाउन औजारहरू खोलिदिने भएको छ । पर्याप्त लगानीयोग्य रकम भएर पनि कर्जा दिन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले वैकल्पिक औजार मार्फत पूँजी थप गर्ने बाटो खोल्ने भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंकले पूँजीकोष व्यवस्थापनको वैकल्पिक औजार प्रयोगमा सहजीकरण गर्ने बताएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

असल वर्गको कर्जाको नोक्सानी व्यवस्थामा सहजीकरण

राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएको कर्जामा कर्जा नोक्सानी व्यवस्थालाई क्रमश घटाउँदै लगेको छ । कोभिडपछि जोखिम बढेको भन्दै असल वर्गमा वर्गीकरण भएको कर्जालाई १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नीति ल्याएको थियो । गत आवमा त्यसलाई घटाएर १.२५ प्रतिशत कायम गरेको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत १.२० प्रतिशतमा झारेको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाइ १.२० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

यस्तै बैंकले गरेको लगानी बिक्री गर्न समेत सहज नीति लिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?