+
+

लुम्बिनीमा २,५६८ औं बुुद्धजयन्ती तीन दिनसम्म मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १७:४८

८ जेठ, बुटवल । लुम्बिनी विकास कोषले २,५६८ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस तीनदिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ ।

कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जानकारी गराएको हो ।

बुद्ध जयन्ती अन्तर्गत जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने कोषले जनाएको छ ।

मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्रार्थना सभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।

लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकलयात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

यो वर्ष संघीय सरकारबाट बुद्ध जयन्तीका लागि बजेटको सुनिश्चितता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।

बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको लामाले बताए । बुद्ध जयन्ती मूल समारोहका प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बुद्धको जीवनीसंग सम्बन्धित लुम्बिनी सहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।

बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्थिधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्रामसम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ज्वलन गर्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?