+
+

पुरुष अण्डकोषमा पुग्यो सबैभन्दा खतरनाक पदार्थ : न गल्छ, न नष्ट हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते २०:२३

काठमाडौं । पृथ्वीकै सबैभन्दा खतरनाक पदार्थ, जो न त नष्ट हुन्छ न त सड्ने वा गल्ने नै हुन्छ। यो मानिसहरुको भ्रूण, प्राचीन पत्थर, नशा, ब्लू ह्वेल, बच्चाले दिसा गर्ने पटदेखि अन्टार्कटिका, सगरमाथा र समुद्रको गहिराईसम्म पुगेको छ । त्यो खतरनाक पदार्थ हो, प्लास्टिक । अब यो मानिसको अण्डकोषसम्मै पुगिसकेको छ । एक नयाँ अध्ययनले यसको खुलासा गरेको छ ।

न्यु मेक्सिको विश्वविद्यालयका वैज्ञानिकहरुले कुकुर तथा मानिसको अण्डकोषका तन्तुहरुमा प्लास्टिकका सुक्ष्म कण अर्थात् माइक्रो प्लास्टिक फेला पारेका छन् । कुकुरको तुलनामा मानिसका अण्डकोषमा तीन गुणा धेरै माइक्रोप्लास्टिक पाइएको छ ।

कुकुरको हरेक १ ग्राम अण्डकोषको तन्तुमा १२२.६३ माइक्रो ग्राम प्लास्टिक भेटिएको छ । जबकि मानिसमा भने अण्डकोषको १ ग्राम तन्तुमा ३२९.४४ माइक्रोग्राम प्लास्टिक फेला फेला परेको छ ।

यसबाट पनि हाम्रो सरीरमा प्लास्टिक प्रदुषण कतिधेरै बढेको छ भन्ने कुराको पुष्टि हुन्छ । यो हाम्रो सरीरको हरेक अंगमा पुगिरहेको छ । यसका कारणबाट पुरुषहरुको प्रजनन क्षमतामा असर पुगेको छ ।

आगामी पुस्ताको लागि चिन्ताको विषय

यस अध्ययनमा सहभागी शोधकर्ता शियाओझांग यूका अनुसार सुरुमा त उनलाई यस कुरामा आशंका लागिरहेको थियो । तर जब उनले पूरै जाँच गरे तब पुरुषको प्रजनन अंगसम्मै माइक्रोप्लास्टिकले घुसपैठ गरिसकेको पत्ता लाग्यो । त्यस्तै कुकुरमा गरिएको जाँचले झनै हैरान बनाइदियो ।

मानिसको अण्डकोषमा प्लास्टिकको अत्यधिक मात्रा पुगिसकेको तथ्य आगामी पुस्ताका लागि चिन्ताको विषय भएको उनको भनाई छ । यसले पुरुषको प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तरमै असर पार्न सक्दछ।

अध्ययनका क्रममा कुकुर तथा मानिसको अण्डकोषमा १२ वटा विभिन्न प्रकारका माइक्रोप्लास्टिक पाइएका थिए । त्यसमा पोलिइथिलिन सबैभन्दा धेरै पाइएको छ । पोलिइथिलिनबाटै प्लास्टिकका झोला तथा प्लास्टिकका बोतल बनाइन्छ । यसबाट नै सबैभनदा धेरै प्लास्टिक प्रदूषण हुन्छ ।

अध्ययनका क्रममा कुकुरको शुक्रकिटमा अत्यधिक मात्रामा पोलिभिनाइल क्लोराइड पाइएको थियो । यो प्लास्टिकको एउटा रुप हो । यसका कारणबाट कुकुरमा स्पर्म काउन्ट अर्थात् विर्यमा शुक्रकिटको संख्या कम हुने गरेको पाइएको छ । पिभिसीको अधिक प्रयोगले विश्वमा मानिसहरुमा समेत स्पर्म काउन्टमा गिरावट आइरहेको आँकलन शोधकर्ताहरुको छ ।

अण्डकोषमा प्लास्टिक पाइएको सम्बन्धी शोध टक्सिकोलोजिकल साइन्सेस जर्नलमा प्रकाशित भएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?