+
+

दराजले प्रयोग गर्ने टाटा एस ईभी संख्या १५

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १८:४५

काठमाडौ । दराजले आफ्नो सामान ढुवानीमा विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेको छ ।

सन २०२३ मा २ वटा टाटा एस ईभीबाट ढुवानीको काम सुरु गरेकोमा डिसेम्बर २०२३ सम्म ५ वटा थपेर ७ वटा गाडी पुर्‍याएको दराजले जनाएको छ ।

टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर अप्रिल २०२४ सम्म १५ वटा एस ईभी पुर्‍याइएको दराजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाका बीच दराजले विभिन्न ब्रान्डका कमर्सियल गाडीको परीक्षण गरेपछि टाटाको एस ईभीले आफ्नो आवश्यकता पूर्ण गर्ने अधिक सम्भावाना देखेर ती गाडीहरू खरिद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

टाटा ईभीबारे अध्ययन अवलोकन गर्न दराजको टोली भारतमा अवस्थित टाटा मोटर्सको फ्याक्ट्री समेत भ्रमण गरेको थियो |

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल  युनिटका सिनियर जीएम अनुपमणि ढकालले दराजलाई १५ औं टाटा एस ईभीको साँचो हस्तान्तरण गरेका थिए । सो क्रममा ढकालले दुवानी क्षेत्रमा एउटा नवीन र दिगो  आयाम थप्ने विश्वास व्यक्त गरे ।

दराजले पर्यावरणमैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानी सञ्जाललाई सबल बनाउँदै जाँदा आफूहरूको साथ पनि निरन्तर रहने उनले बताए ।

दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले कम्पनीसँग भएको कुल सवारीसाधनमध्ये टाटा एस ईभीले दीर्घकालीन रुपमा लागतलाई कम गर्न हाम्रो प्रतिबद्धतालाई टेवा मिल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?