+
+

लाइसेन्स प्रकरणमा मुछिएका ३ कर्मचारीलाई धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते २१:११

९ जेठ, काठमाडौं । आर्थिक लाभ लिएर नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दुर्गालाल भुसालको इजलासले तत्कालीन यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले कम्युटर अपरेटर हरिशप्रसाद भट्टलाई २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनीहरुले शशांक बस्याललाई ‘बी’ वर्गको कारको लाइसेन्स बनाइदिएका थिए ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, मोटरसाइकल र स्कुटर मात्र चलाउन पाइने ‘क’ वर्गको लाइसेन्स भएका उनलाई उनीहरुले कार्यालयको प्रणालीमै कीर्ते गरेर अर्कै ‘ख’ वर्गको लाइसेन्स बनाइदिएका थिए ।

अनुसन्धानका क्रममा कीर्ते गरेको आधारहरु देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतको आदेशपछि अर्याल र पाण्डेले धरौटी बुझाएर छुटेका छन् भने भट्टविरुद्ध अर्को मुद्दा पनि भएकाले उनी छुटेका छैनन् ।

भट्ट प्रतिवादी भएको अर्को लाइसेन्स प्रकरणको अनुसन्धान सकेर सीआईबीले बुधबार मात्र जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । एसपी बोगटीका अनुसार, त्यो मुद्दामा भट्टसहित ७ जना प्रतिवादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?