+
+

निक्की हेलीले भनिन्-मेरो समर्थन ट्रम्पलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ९:३५

१० जेठ, काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

हेली ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् ।

तर बुधबार भने उनले राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडनको आलोचना गर्दै ट्रम्पलाई भोट हाल्ने बताइन् । उनले बाइडनलाई विनाशकारी राष्ट्रपतिको संज्ञा दिएकी छन् ।

हेलीका समर्थकहरु उदारवादी र स्वतन्त्र भोटरहरु छन् । उनीहरु निर्वाचनको नतिजामा निर्णायक हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?