+
+

‘महजात्रा’ लिएर अष्ट्रेलिया उडे महजोडीसहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:०४

काठमाडौं । दशकपछि अष्ट्रेलियाली डायस्पोरामा ‘महजात्रा’का लागि महजोडी बिहीबार त्यसतर्फ लागेका छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकार कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र किरण केसी अष्ट्रेलिया उडेका हुन् ।

दशकपछि अष्ट्रेलियामा ‘महजात्रा’ आयोजना हुन लागेको हो । जुन २ तारिखदेखि सुरु हुने कार्यक्रम सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा, एडिलेड र न्युजिल्यान्डको अकल्याण्ड र क्राइस्टचर्चमा हुनेछ ।

दर्शकलाई प्रस्तुति देखाउन आफू आतुर रहेको अभिनेता केसीले बताए । ‘हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । गीत गाउनुका साथै आफ्नो विविध प्रस्तुति दिने तयारीमा छौं,’ केसीले भने ।

मार्कक्यू होम्स र एभरेस्ट ट्राभलको आयोजनामा हुने कार्यक्रमको व्यवस्थापन इभेन्ट कम्पनी ड्रिम हाइट्सले गर्नेछ । एभरेस्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले भने, ‘राम्रा कलाकार र स्तरीय कार्यक्रम गर्नु हाम्रो उद्देश्य हो । त्यसैअनुरुप महजात्रा गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?