+
+

संसदीय समितिको कार्यादेशमा कांग्रेसको नयाँ प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:०८

११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक केहीबेरलाई स्थगित भएको छ ।

सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ । समिति बनाउन सहमत प्रमुख दलहरूले कार्यादेश बनाउन कार्यदल बनाएका थिए । सत्तारुढ दलहरूले समग्र सहकारीको छानबिन गर्ने कार्यादेश प्रस्ताव गरेको थियो भने कांग्रेसले लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएकाले नाम नै उल्लेख गरेर जानुपर्ने बताएको थियो ।

कार्यदलको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उनको नाम जोडिएको सहकारीको छानबिनबारे नयाँ प्रस्ताव ल्याएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले भने, ‘यसबारे गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ, त्यसैले केहीबेर बैठक रोकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?