+
+

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १५:०८
फाइल तस्वीर

११ जेठ, काठमाडौं । सरकारले सगरमाथा दिवसको अवसर पारेर सगरमाथाको सफल आरोहण गर्ने आरोहीलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको छ ।

७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (२९ मे) का दिन आरोहीहरूलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने तयारी गरिएको हो ।

पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि-२०७९ अनुसार १५ फागुन २०८० का दिन नियुक्त भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धक नियुक्त गरिने समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सर्त तोक्दै सो सर्त पूरा भएका आरोहीबाट आवेदन समेत मागेको छ ।

मन्त्रालयका अनुसार २१ वर्ष पूरा भएको नेपाली वा गैरआवासीय नेपाली र विदेशी नागरिकले समेत यसका लागि आवेदन दिन सक्ने छन् ।

पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि आवद्ध भएर ख्याती प्राप्त गरेको हुनुपर्ने समेत सर्त राखिएको छ ।

नैतिक पतन हुने गरी फौजदारी अभियोगमा सजाय नपाएको र कुनै देशमा शरणार्थीको रुपमा नरहेको हुनुपर्ने समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?