+
+

‘नेपहपको श्रीपेच’को दोस्रो सिजन आउने, बालेनको ठाउँमा भित्रिए दोङ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:४८

काठमाडौं । हिपहप टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण आउने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजन आउने जानकारी दिइयो ।

नयाँ सिजनको अडिसन पनि खुलेको छ । डिजिटल र फिजिकल दुवै माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपालीर्‍याप डटकमबाट आवेदन दिन सकिने भएको छ ।

सहभागी हुन इच्छुकले भिडियो पठाउनुपर्नेछ । त्यसपछि अडिसन राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिने भएको छ । शोका विजेताले १० लाख रुपैयाँ र विश्वयात्रासहित विभिन्न ब्रान्डसँग जोडिने अवसर पाउनेछ । उपविजेताले पाँच लाख नगदसहित विदेशमा प्रस्तुतिको अवसर पाउने जनाइएको छ ।

पहिलो संस्करण दुई वर्ष पहिले आयोजना भएको थियो । भाइबर साइमन विजेता बन्दा जेनिस क्षेत्री सहविजेता बनेका थिए । उनीहरुले विदेशका विभिन्न ठाउँमा प्रस्तुति दिइसकेका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् । निर्देशकमा निकेश खड्का दोहोरिएका छन् । अघिल्लो संस्करणमा बालेन शाह, मानस घले र गिरीश खतिवडा जज थिए ।

यो सिजनमा मानस घले र गिरिश खतिवडाले जजको रुपमा निरन्तरता पाउनेछन् भने बालेनको ठाउँमा अहिलेका चर्चित र्‍यापर महेश दोङको इन्ट्री भएको छ । बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदीप पोखरेलले बताए ।

कार्यक्रम असार अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?