+
+

संसदको छलफल मर्यादाहीन देखिएको छ : अग्नि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १५:०३

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनल संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको बताए ।

संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको सापकोटाले बताए ।

‘संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ’, उनले भने, ‘ओज र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओज र गरिमा नभई आफ्नो साख गिराउँदैछ ।’

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताए । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?