+
+

पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १५:५९

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ ।

असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन हुन लागेको फिल्मले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । फिल्ममा उनको १६ वर्षको सांगीतिक करिअरलाई प्रस्तुत गरिएको छ ।

आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराज देखिएका छन् । ट्रेलरमा अहिलेका सुपरस्टार दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ल पनि प्रस्तुत छन् ।

वरिष्ठ संगीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई रि-रिलिज गर्न लागिएको हो । प्रशान्त रसाइली निर्देशित यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् । ब्यांकटेस इन्टरटेनमेन्टलाई देशब्यापी पुनःप्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?