+
+

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:४९

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पार्छ ।

ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्माको डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।

निश्चलको साथीको रुपमा देखिएका कवीरलाई पनि ट्रेलर अन्त्यमा गरिमासँगको प्रेममा परेको देख्न सकिन्छ । ट्रेलर हेर्दा यो फिल्म सहरी क्षेत्रका दर्शक (अर्वन क्राउड)लाई लक्षित देख्न सकिन्छ ।

फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।

एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।

सनिष खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । यो फिल्म जेठ २५ गतेदेखि रिलिज हुँदैछ ।

फिल्ममा अभेद परवको छायांकन, हर्कुलेस बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत, लंगनेस फर्नान्डेजको डान्स कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?