+
+

बजेट घोषणा विपरीत राष्ट्रिय गौरवका आयोजनामा हुन्छ अर्बौं रकमान्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:३८
फाइल तस्वीर

१३ जेठ, काठमाडौं । सरकारले आफ्नै घोषणा विपरीत हरेक वर्ष अर्बौं रुपैयाँ रकमान्तर गरी खर्च गरिरहेको पाइएको छ । यस्तो विकृति ठूला र राष्ट्रिय गौरवका आयोजनामा धेरै हुने गरेको पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयको ६१औं प्रतिवेदनले कानुनको सीमाभित्र रहेरमात्र रकमान्तर गर्न सरकारलाई सचेत गराएको छ । महालेखाका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

यसमध्ये असारमा मात्र २३ अर्ब १० करोड रकमान्तर गरिएको छ । त्यसमध्ये पनि असार अन्तिम साता १३ अर्ब ८१ करोड रकमान्तर भएको छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट आर्थिक वर्ष अन्तिममा रकमान्तर गरी अन्यत्रै लैजाने गरेको प्रवृत्ति देखिएको छ ।

गत वर्ष आठवटा गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरी गौरव बाहेकका आयोजनामा खर्च गरिएको छ ।

महालेखाले वर्षान्तमा हुने खर्चमा समेत प्रश्न उठाएको छ । गत वर्ष असारमा मात्र २ खर्ब ४५ अर्ब ६६ करोड खर्च भएको थियो । असार अन्तिममा ८८ अर्ब ६६ करोड खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?