+
+

स्वास्थ्य सेवा विभागले गरेको तातो आलु खेलको फारम छपाइमा महालेखाले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:१२

१३ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा आर्थिक वर्ष २०७९/८० मा ८ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको ६१ औं प्रतिवेदन अनुसार तातो आलु खेल लगायतका खेलको सेट फारम तथा सामग्री २०८० साल असार मसान्तमा छपाइ गरी ८ करोड १२ लाख ५४ हजार खर्च गरेको पाइएको हो ।

तर खरिद गरिएका सामग्रीमध्ये २ करोड १६ लाख १० हजार मूल्यका फारमहरु विभागमै मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

आवश्यकताको पहिचान नगरी फारामहरु छपाइ गर्ने र मागबेगर नै स्वास्थ्य संस्थाहरुमा पठाउने कार्यक्रमम नियन्त्रण गरी यस्तो कार्य प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सुझाव समेत प्रतिवेदनमा दिइएको छ ।

‘विभागले यो वर्ष तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फाराम तथा सामग्रीहरू २०८० असार मसान्तमा छपाइ गरी रू. ८ करोड १२ लाख ५४ हजार खर्च गरेको छ । ती सामग्रीहरूमध्ये रू. २ करोड १६ लाख १० हजार मूल्यका फारमहरू विभागमा मौज्दात रहेको छ । आवश्यकताको पहिचान नगरी फारामहरू छपाइ गर्ने र मागबेगर नै स्वास्थ्य संस्थाहरूमा पठाउने कार्यमा नियन्त्रण गरी यस्तो कार्य प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्दछ’, प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?