+
+

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:४९

१३ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?