+
+

‘सतीदेवी’को नयाँ पोस्टरमा मलिका महतको ‘क्यारेक्टर लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ११:१९

काठमाडौं । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री मलिका महतले शिशुलाई स्तनपान गराइरहेकी छन् । छेउमा उनका दुई बहिनी चिन्तित मुडमा छन् ।

अघिल्लो पोस्टरमा मलिकाको मर्मस्पर्शी लुक्स देखिन्छ । सो पोस्टरमा कालोमोसो र जुत्ताको माला लगाएर उनलाई गाउँलेले लखेटेका थिए । दोस्रो पोस्टरमा शीर्ष पात्र मलिकाको भिन्न सेड देख्न सकिन्छ ।

के यो फिल्ममा उनी बच्चाकी आमाको रोलमा देखिएकी हुन् भन्ने कौतुहलता दर्शकमाझ जगाएको छ । मलिकासँगै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ पनि रोइरहेका छन् ।

हर्षिका हातमा चप्पल समातेर विक्षिप्त अवस्थामा छिन् भने मन्जिलाको हातमा सानो हाँगा छ । फैलिएको हाँगो माथि एउटा पुतली उड्दैछ । यसले छोरी स्वतन्त्र उडान गर्न चाहन्छन् भन्ने संकेत गर्छ ।

पोस्टरमा ‘छोरी पुजौं, छोरी बुझौं, यिनै सारा संसार’ उल्लेख गरिएको छ । यो फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ ।

यो फिल्म साउन ४ गतेदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?