+
+

अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय ५ दिनका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ६:३६

१७ जेठ, जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरु ऋाजदेखि पाँच दिनका लागि बन्द भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको हो ।

उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने जनाएको छ ।

‘प्रस्तुत विषयमा हाल बढ्दो अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति २०८१/०२/१७ गते बिहिबार देखि २०८१/०२/२१ गते सोमबार सम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप-महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारीको लागि अनुरोध छ’ निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?