+
+

नारायणगढमा नयाँ एनसेल सेन्टर उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:४२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणगढमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधा उपलब्ध गराउने उद्देश्यसहित लायन्स चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।

एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्छन् ।

सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै रोड्रिगेजले नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति गराएर ग्राहकलाई ‘सधैं अन’ मा रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउने उदेश्य कम्पनीको रहेको उनले बताए ।

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसअघि एनसेलले नारायणगढको पुल्चोकमा रहेको पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?