+
+
Shares

तामाङ भाषाको सम्भोटा लिपिमा पाठ्यपुस्तक प्रकाशन गर्न स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:५३

२२ जेठ, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति दिएको छ ।

राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ ।

पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रुपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिने गरी सोमबार शिक्षा मन्त्री सुमना श्रेष्ठले स्वीकृति दिएकी हुन् ।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठानलगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए ।

तामाङ समुदायका अभियन्ताहरूले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखन कार्य गर्न नसक्ने भएकोले यसलाई सच्याइ पाऊ भनी निवेदन दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?