+
+

चितवनका ४० हजार किसानले पाएनन् दूधको भुक्तानी, ७० करोड बढी बक्यौता 

रासस रासस
२०८१ जेठ २३ गते ११:२५

२३ जेठ, चितवन । चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ ।

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मंसिरयताको २२ करोड रुपैयाँ बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ ।

जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?