+
+

गाँजा खेती अध्ययन गर्न गृहले एक महिनाभित्र नियमावली बनाउँछ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:०२
फाइल तस्वीर

२५ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीमा द्विविधा राख्नु नपर्ने बताएका छन ।

उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको उनको भनाइ छ ।

उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।

प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने ’ विषय सम्बन्धी छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययन गर्न बनेको समितिले छिटै प्रतिवेदन दिने बताए ।

‘गाँजा खेतीका लागि कानुन बनाउने नेतृत्व गृहले नै गर्छ,’ लामिछानेले भने ।

लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको उनले बताए । गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउने उनको भनाइ छ ।

‘लागुऔषध दुर्व्यसनमा फसेकालाई अर्को मौका दिने हो, तर कारोबार गर्नेलाई छुट दिने कुरा हुँदैन,’ गृहमन्त्री लामिछानेले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?