+
+

पाटा अन्तर्राष्ट्रिय मुख्यालय उपाध्यक्षमा पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:१७

२५ जेठ, काठमाडौं । नेपाली पर्यटन कम्पनी एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्ष सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित भएका छन् ।

गत मार्चमा भएको निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिएपछि पाण्डे निर्विरोध चयन भएका थिए ।

पाण्डेसमेत पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपछि २५ जेठमा भएको पाटा साधारणसभाबाट नतिजा अनुमोदन भएको थियो ।

सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटाको यो तहको जिम्मेबारीमा पहिलो पटक प्रतिनिधित्व भएको हो । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा थिए ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भई १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटन आदान प्रदान वा व्यापार विस्तारमा सदस्य राष्ट्रका साथ सहयोग तथा सहकार्य गर्दै आएको छ ।

१९७५ देखि पाटा सदस्य रहेको नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछि संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम साथै ६ पटकभन्दा बढी साहसिक पर्यटन मेला, २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट आयोजनामा सक्रिय सहयोग गरेको थियो ।

आफ्नो ३५ वर्ष लामो व्यावसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत व्यापक विधामा संलग्न पाण्डे ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल ९टान० मा अध्यक्ष, नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य, एरलाइन अपरेटर एसोसिएसन अफ नेपालमा महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा–नेपाल च्याप्टरमा अध्यक्ष भइसकेका छन् ।

२००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको मन्त्रिपरिषद् बैठकका मुख्य संयोजनकर्ता पाण्डेकै अगुवाइमा २००८ मा नेपालमा स्काई डाइभिङ सुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधि सरुवात र २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट अन्तराष्ट्रिय पर्यटन मेला सुरुवात भएको थियो।

सन् २०२६ सम्म कार्यकाल रहने पाटाको नौ सदस्यीय कार्यसमितिका लागि भएको चुनावमा अध्यक्षका लागि इन्डोनेसियाका पिटर सिमोन, सचिव र कोषाध्यक्षमा थाइल्यान्डको एसियन ट्रेल्स तथा सदस्यमा थाइल्यान्डका बेन मोनटगोमरी, भारतका सञ्जित जैन, सिंगापुरका मयूर पटेल विजयी भएका छन् ।

त्यसैगरी पाटा सरकारी सदस्इ प्रतिनिधिका रूपमा मलेसियाका नोरेडा ओथम्यान र गुवामका जेराल्ड पेरेज निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?