+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं महानगरभित्रका १३ विद्यालयका १७५ सटरमा ताला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २२:११

२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटामा विद्यालय आफैँले बन्द गराएका थिए ।

यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएको महानगरले जनाएको छ ।

यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।

आइतबार ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र माविका २२ वटा, विजय स्मारक मावि डिल्लीबजारका ८ वटा र पदमकन्या मावि डिल्लीबजारका १४ वटा सटर छन् ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको दाहालले बताए ।

महानगरपालिकाको अध्य्ययन अनुसार ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?