+

स्वप्निल र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

२०८१ जेठ  २९ गते १९:५९ २०८१ जेठ २९ गते १९:५९
स्वप्निल र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

२९ जेठ, काठमाडौं । ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराईले प्रकृत तामाङलाई एक स्ट्रोकले हराउँदै पहिलो स्थान हात पारे।

उनले ७-ओभर ७५ स्कोर गरे । ८-ओभर ७६ सहित प्रकृत दोस्रो भए । १२-ओभर ८० सहित सुशान्त कडेंल तेस्रो भए ।
महिला यू-२१ तर्फ ८७ स्कोरका साथ आइसटिना टण्डनले स्वर्ण पदक हात पारिन् । अनभद्या मल्लले रजत र अवानी राईले कास्य पदक हात पारे।

पुरूष १३ देखि १६ वर्षसम्मको उमेर समूहमा जयवीर आचार्यले पहिलो स्थान प्राप्त गरे । कुल १२-ओभर ८० खेलेका उनले ईदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए । ८६ स्कोरसहित ईदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए ।

पुरूष १० देखि १२ वर्ष उमेर समूहमा आरोह न्यौपाने पहिलो र आर्यव शाह दोस्रो भए । ९ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यवले ५५ स्कोर गरे ।

नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ संघद्वारा संयुक्त रूपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागिता रहेको थियो।

विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ संघका क्याप्टेन मिथुन राई र लेडि क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।

ओलम्पिक गल्फ प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय