+
+
Shares

देशको गीत 

दिपेन्द्र आचार्य  दिपेन्द्र आचार्य 
२०८१ असार ८ गते १०:४९

साँझहरू जब  रित्तिन थाल्छन्

अँगेना अघिल्तिर बसेर देश

रेडियो नेपालको आधुनिक एफएम ब्याण्डबाट

रूस र युक्रेनको आगोको गीत सुन्छ

इजरायल र प्यालेस्टाइनको कालो गीत सुन्छ

गाजापट्टीमा पोखिएको रगतको संगीत‌मा

मानवता मरिरहेको आलो धुन सुन्छ।

 

साँझहरू जब  रित्तिन थाल्छन्

तोङ्बामा मार्क्स, लेनिन र माओ भिजाएर तान्दै

सरर्र सरर्र कम्युनिस्ट लयमा झुम्छ देश

तारे होटलमा बजेको गजल साँझको पूँजीवादी संगीत भरेर

गाउँछ देश छिमेकबाट आएको अखण्ड रामधुन।

 

जब रातहरू मरेर घाम जन्मन्छ

बाँझो खेतलाई बैंकको कर्जाले रेटेर

खाडीको तापले नेपाली निधारबाट बगाएको

नुनिलो भाकामा

कर्जा नवीकरण तमसुकमा

बाको किरिङमिरिङ हस्ताक्षरको गीतमा

रेमिट्यान्सको कोरस भरेर गाउँछ देश।

 

देश अचेल माटोको गीत सुन्दैन

देश अचेल क्रान्तिको गीत सुन्दैन

दशगजामा सीमा स्तम्भको गीत सुन्दैन देश

अवस्था र व्यवस्थाको गीत पनि सुन्दैन

देश बरु नेताको गीत सुन्छ

कार्यकर्ताको गीत सुन्छ

तर जनताको गीत सुन्दैन देश।

 

लौ न जनता! सुनाइदेऊ

देशलाई एउटा देशको गीत।

 

शिक्षक 

श्रीकृष्णाश्रम मावि, कन्याम इलाम

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?