
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले महानगरको गाडी फेरि फिर्ता पाएका छन् । ६ असारमा नगर प्रहरीले श्रेष्ठ चढ्ने गाडी उनको घरमै गएर ल्याएको थियो ।
नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएपछि श्रेष्ठले गाडी घरमा नराखेको र सरकारी काममा प्रयोग गरेको स्पष्टीकरण दिएपछि महानगर प्रशासनले फेरि गाडी फिर्ता दिएको हो ।
युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4