+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

लक्ष्मी सनराइज बैंकको शाखा ललितपुरको नखिपोटमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १४:५०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरको नखिपोटस्थित विशाल चोकबाट सेवा दिन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ स्थित न्युरोडमा रहेका २ शाखामध्ये एउटा शाखा ललितपुर महानगरपालिका-१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरी आफ्ना ग्राहकलाई सेवा दिन सुरु गरेको हो ।

न्युरोड शाखाका ग्राहकले भने सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?