+
+
Shares

एनजीओले मान्छे छनोट गरेझैं रास्वपाले राजदूतका लागि विज्ञापन गरेको भन्दै कांग्रेसको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:४३
फाइल तस्वीर ।

१२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि सार्वजनिक रुपमा विज्ञान गरेको र यो कुटनीतिक मर्यादाविपरीत रहेको बताएको छ ।

सरकारले ११ देशका राजदूत एकै पटक फिर्ता बोलाउनु, नयाँ सिफारिसमा परेका केहीले पद अस्वीकार गर्नु, केहीको स्वार्थ बाझिनुले प्रश्न उठिरहेको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारको ध्यानाकर्षण गरे ।

यही बेला सत्तारुढ दलहरुबीचमा राजदूतको भागन्डा हुनु र राजनीतिक दलले खुला आह्वान गरेर राजदूतका लागि आवेदन माग गर्नुले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट बोल्दै सांसद साउदले एनजिओले मान्छे छनोट गरेझैं रास्वपाले राजदूतका लागि विज्ञापन गरेको भन्दै आपत्ति जनाए ।

‘केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनोट गरेको जस्तो विषय बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदूत चयन गर्दैछन् । यसले नेपालको कुटनीतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ’ साउदले भने ।

यस्तो निर्णय सच्याउन उनको आग्रह छ । ‘यसकारण आफ्नो निर्णयलाई सच्याउनुपर्छ, फिर्ता लिनुपर्छ, नेपालका कुटनीतिक क्षमता र विश्वनीयतासित खेल्ने काम गर्न हुँदैन’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?