+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९० बलमा ८३ रन आवश्यक
विराटनगर किंग्स 2025
65/0 (4.6)
Shares

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १४:२७

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।

यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् ।

‘एक त महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, फेरि उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उहाँले भ्रमण रोक्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो ।

आज नीति कार्यक्रम छलफल भएर पास हुने आकलनको साथ डंगोलको भ्रमण तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?