 
																			१६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन् ।
आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।
‘संसद्मा फोटो खिच्न मिल्दैन, घ्वार्रघ्वार्र घुरेर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं’, उनले भनिन् ।
उपसभामुख रानाले संसद् बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।
‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं’, उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4