
२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४४ वटा डान्स बार, क्लब र दोहोरी साँझहरूलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ ।
बागमती प्रदेशको प्रदेश आर्थिक ऐन अनुसार मनोरञ्जन कर बुझाउन पटक-पटक आग्रह गरिए पनि अटेर गरेको भन्दै महानगरले मंगलबार सूचना जारी गरी कर तिर्न ताकेता गरेको हो ।
महानगरका अनुसार लिखित एवम् मौखिक जानकारी गरिएता पनि कर नबुझाएका कारण ३५ दिनभित्र कर बुझाउन ती नाइट क्लबहरूलाई भनिएको छ ।
महानगरले ३५ दिनभित्र मनोरञ्जन कर नतिर्ने क्लबहरूलाई कारबाही गर्ने समेत सूचनामा उल्लेख छ ।
यी हुन ४४ वटा नाइट क्लबहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4