+
+

मासिक १ खर्ब २० अर्बको दरले भित्रियो रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १७:१२

२६ असार, काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना (साउन–जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

यस अनुसार हरेक महिना १ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांकबाट देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले मात्र बढेको थियो ।

यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष संस्थागततर्फ ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष ४ लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ ।

गत वर्ष यो संख्या २ लाख ६० हजार २६२ रहेको थियो । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षभन्दा केही माथि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?